गुल्मी । पहिरोमा पुरिएर गुल्मीमा एक जनाको ज्यान गएको छ । गएराति परेको अविरल वर्षाका कारण पहिरो जाँदा इस्मा गाउँपालिका १ हस्तीचौर गुल्मीका १८ महिनाका सिजन सारुको मृत्यु भएको हो । घटनामा अरु चार जना गम्भीर घाइते छन् । साथै दुई जना बेपत्ता छन् । घर माथिबाट आएको पहिरोले बंगालो बगाएको र पुरिएर बालकको ज्यान गएको स्थानीयले बताएका छन् । परिवारका अन्य सदस्य भागेर जोगिएका छन् ।

 

 

 

हस्तीचौरकै रिख बहादुर खत्रीको घर बगाएको छ । पहिरोमा पुरिएर ७ वर्षीया अपेक्षा खत्री बेपत्ता भएकी छन् । ईश्वरा खत्रीको जीवीत नै उद्धार गरिएको छ । उनको अवस्था गम्भीर रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु