बझाङ । बझाङको केदारस्युँ गाउँपालिका ८ को एक बस्ती नै पहिरोले बगाएको खहरे खोलामा परिणत भएको छ। शुक्रबार राती आएको पहिरोमा परी ७ जना बेपत्ता भएका छन्। पहिरोमा १७ घर पुरिएको स्थानीयवासीले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको यकिन विवरण आउन नसकेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, “पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।” उनले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिएका छन्। स्थानीय लोकेन्द्र विकले भने अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र सात जना बेपत्ता भएको जानकारी दिए ।

 

केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिङ्गो बस्ती नै पहिरोको चपेटामा परेको जनाएका छन्। उनका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ । घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ । उक्त स्थानबाट प्राप्त यी ३ तस्विरहरु

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु