२० असार (रासस÷एएनआई) ः भारतको बिहार राज्यले चट्याङ मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गर्नुभएको हो ।

गत बिहीबार मात्र वर्षासँगै परेको चट्याङलले लागेर बिहारमा २२ जनाको ज्यान गएको थियो । मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यमहले जनाएका छन् ।

बिहारको विपद् व्यवस्थापन विभागले गत शुक्रबार बिहान चट्याङ लागेर २२ जनाको र अघिल्लो हप्ता कम्तीमा पनि ९२ जनाको ज्यान गएको बताएको थियो ।

बिहारमा मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु