काठमाडौ । गीतकार डा. डीआर उपाध्यायले गीत लेखेरै यतीबेला गिनिज अफ वल्र्ड रेकर्डमा एउटा गीत मार्फत आफ्नो नाम लेखाएका छन् । यस अघि विभिन्न १४ वटा विश्व रेकर्ड कायम गरेका डा. उपाध्यायले यसपटक ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर गिजिन अफ वल्र्ड रेकर्डमा आफ्नो र नेपालको नाम लेखाएका हुन् । शनिबार बेलुका काठमाडौंमा सामाजिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गीतकार डा. उपाध्यायलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे ।

 

 

कार्यक्रममा बोल्दै मन्त्री यादवले लक्ष्मी र सरस्वती दुबैको बरदान पाएका गीतका उपाध्यायले गीत लेखेरै विश्वको चर्चित गीत अफ रेकर्ड सहित १५ वटा विश्व किर्तिमानी कामय गरेको भन्दै उनलाई बधाई ज्ञापन गरे । यस्तो रेकर्डले विश्वमा नेपालका नाम फैलनुका साथै यसले नेपालीको गौरव बढाएको पनि उनले बताए । मन्त्री यादबले आगामी दिनमा अझ धेरै रेकर्ड राख्न भन्दै शुभेच्छा प्रकट गरे ।

 

गीतिसँग्रह ‘मायाको सागर...’मा यो गीत सँग्रहित छ । गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । यो गीतलाई सागर अधिकारी ‘शरद’, प्रकाश तिमिल्सिना र गीतकार डा. डीआर उपाध्यायले स्वयँले गाएका हुन् । मायाको सागर गीतलाई नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको हो । यसरी एउटै गीतलाई १२ भाषामा तयार पारेर उनले गिनिज अफ वल्र्डमा नाम दर्ता गराएका हुन् ।

 

कार्यक्रममा बोल्दै गीतकार डा. उपाध्यायले आफुले समाजका लागि र आत्मसन्तुष्टिका लागि गीत लेख्दै आएको बताए । उनले देशलाई विश्वमा चिनाउन कला ससक्त माध्यम भएको बताउँदै अरु भन्दा केही फरक गीत लेखेर गिनिज अफ वल्र्ड रेकर्ड सहित १५ ओटा विश्व किर्तिमानी कायम गर्दै नेपाललाई विश्वमा चिनाउने काम गरेको बताए । अझै आफुले अरु १० वटा विश्व रेकर्डको तयारी गरेको र त्यसमा केही गिनिज अफ वल्र्ड रेकर्ड पनि भएको बताए ।

 

गीतकार डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कड्स’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौं गीत सार्वजनिक छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र ‘सपनाकी रानी’ जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् । डा. उपाध्यायले माया प्रेम, रोमान्स, विछोडदेखि स्वास्थ्य र योगसम्मका गीत लेखेका छन् ।

 

केही समय अगाडि ‘हिरो २०१९’बाट समेत सम्मानित डा. उपाध्यायलाई गीतकार संघ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीतकार पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत संगीतका अवार्डमा पनि उनका गीतले अवार्ड पाउने गरेका छन् । गीतकार डा. उपाध्यायले गीत लेखेर एकपछि अर्को कीर्तिमान सहित वर्ल्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु