काठमाडौं । यसै वर्ष आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा अहिले दुई नाम खुबै चर्चामा रहेको छन् । यस वर्षको अन्त्यमा अमेरिकामा राष्ट्रपति चुनाव हुन लागेका छ । डेमोक्र्याटिक पार्टीको तर्फबाट जो बाइडेन र रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । दुई बीच कडा टक्कर हुने देखिएको छ ।

 

 

यसैबीच, अब समाचार आउँदैछ कि मनोरञ्जन उद्योगका चर्चित र्यापर पनि राष्ट्रपति पदको चुनाव लड्न लागेका छन् । यस सम्बन्धमा, उनले सामाजिक सञ्जालमा एक ठूलो घोषणा गरेका छन् । अमेरिकी चर्चित र्‍याप गायक केन वेस्टले अमेरिकाको राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । ४३ बर्षिय वेस्टले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो घोषणा गरेका हुन् ।

 

 

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने बताउँदै वेस्टले भने, ‘हामीले हामी अमेरिकीको भगवानप्रतिको विश्वासलाई आत्मसाथ गर्दै, हाम्रो भिजनलाई एक बनाउन र भविष्य निर्माण गर्न म अमेरिकाको राष्ट्रपति निर्वाचनमा उठ्दै छु ।’ वेस्ट अमेरिकी टेलिभिजन व्यक्तित्व, सामाजिक कार्यकर्ता, फ्यासन डिजाइनर, व्यावसायी महिला, मोडल, अभिनेत्री किम कार्दशियनका श्रीमान हुन् । रोचक कुरा के भने वेस्टलाई टेस्ला कम्पनीका सीईओ एलोन मस्कले पनि साथ दिने बताएका छन् । मस्कले ट्वीट गरे, ‘तपाईंलाई मेरो पूर्ण समर्थन छ ।’

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु