काठमाडौं । नेपालको अहिले भारतसँग सीमा विवाद खुब चर्कदै गएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासतिको भुभागलाई लिएर दुई देशको वर्षौ पुरानो सम्बन्ध संकटमा पर्ने संकेत देखा परेको छ ।

यो बीचमा चीनसँको सीमालाई लिएर पनि अनेक बहस हुँदै आएका छन् । तर सरकारले चीनसँग सीमा विवाद नभएको स्पष्ट पारेको छ ।

अहिले गोरखाको छेकम्पारस्थित चीनसँग सीमा जोडिएको दुईवटा नाकामा नेपाली झण्डा गाडिएको छ ।

चुमनुब्री गाउँपालिका–७ छेकम्पारका वडाअध्यक्ष र दुईजना वडा सदस्यले थाप्ला र ङुइलाढाजेन नाकामा झण्डा गाडेर फर्किएका हुन् ।

जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वडाका जनप्रतिनिधिहरु सीमानामा पुगेर झण्डा गाडेको जानकारी दिइएको छ । पहिले सीमानामा चीनको मात्रै झण्डा थियो । अनि अहिले प्रमुख जिल्ला अधिकारीसँग सल्लाह गरेर झण्डा गाडिएको हो ।

वडा अध्यक्ष पासाङफुञ्जो लामाले भने, ‘सीमानामा चीनको मात्र झण्डा देख्दा र हाम्रो झण्डा नदेख्दा खल्लो लाग्थ्यो । अब दुवै देशको झण्डा देख्न पाइने भयो । आत्मसन्तुष्टिको महशुस भएको छ ।’

सीमानामा झण्डा गाडेको यहाँको इतिहासमा यो नै पहिलो पटक हो । झण्डा फहराउनका लागि वडाअध्यक्ष पासाङफुञ्जो लामा र वडा सदस्यहरु कर्साङफुञ्जो र पेम्बा लामा सीमामा जानु भएको थियो ।

थाप्ला नाका ५,१०४ मिटर उचाइमा रहेको छ भने ङुइलाढाजेन ५,०९३ मिटर उचाइमा रहेको छ । ङुइलाढाजेन नाकामा पिलर नंबर ३८ रहेको छ भने थाप्लामा नाकामा पिलर नंबर ३९ रहेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

सम्बन्धित खबरहरु