काठमाडौं । नेपालमा राजनीतिक संकट बढ्दै जाँदा चीनले सक्रियता फेरि बढाएको छ । यो बीचमा सत्तारुढ नेकपाका वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपाल र यान्छीबीच कोटेश्वरस्थित नेपाल निवासमा भेट भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले पुष्टि गर्नुभएको छ ।

 

 

भेटमा के विषयमा छलफल भयो भन्ने जानकारी दिइएको छैन । नेकपाभित्र आन्तरिक विवाद बढिरहेका बेला भएको नेपाल र राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । यसअघि पनि नेकपा विवाद उत्कर्षमा पुगेका बेला गत वैशाख १९ गते चिनियाँ राजदूतले वरिष्ठ नेता नेपाल, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुभएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु