मोबाईल सिमाकार्ड बारे आयो नयाँ नियम, तपाईलेपनि जान्नैपर्छ [भिडियोसहित]


काठमाडौं । तपाँईले आफ्नो नामबाट कतिवटा सिमकार्ड निकाल्नु भएको छ ? एक, दुई वा त्यो भन्दा धेरै सिमकार्ड निकाल्नु भएको छ ? दुईवटासम्म निकाल्नु भएको छ भने समस्या छैन तर दुई भन्दा धेरै निकाल्ने विचारमा हुनुहुन्छ भने एकछिन सोच्नुपर्ने बेला आएको छ ।
अब एउटा दूरसञ्चार सेवा प्रदायकले एकै व्यक्तिका नाममा दुईभन्दा बढी सिमकार्ड जारी गर्न नपाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले आइतबार यससम्बन्धी निर्णय गरेको हो । सोहीअनुसार सेवा प्रदायकलाई निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

 

 

प्राधिकरणका अनुसार निर्देशन तत्काल कार्यान्वयन हुनेछ । अब कुनै व्यक्तिका नाममा दुई वा सोभन्दा बढी सिमकार्ड जारी भइसकेको छ भने उसले अर्को सिम लिन पाउनेछैन । प्रवक्ता अर्यालले यसअघि जारी भइसकेको सिमकार्डका विषयमा प्राधिकरणले सेवा प्रदायकसँग छलफल गर्ने जानकारी दिनु भएको छ ।

 

यसअघि एकै व्यक्तिका नाममा दुईभन्दा बढी सिमकार्ड जारी भएको पाइए त्यसलाई के गर्ने भन्ने विषयमा प्राधिकरणले छिट्टै सेवा प्रदायकसँग छलफल गर्ने जानकारी दिइएको छ । प्राधिकरणले सेवा प्रदायकसँग दुई वा दुईभन्दा सिमकार्ड लिनेको संख्या कति छ भनेर तथ्यांक माग गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

 

नेपाल टेलिकमको हकमा भने एकै व्यक्तिका नाममा तीनवटा सिम जारी गर्न पाइनेछ । टेलिकमको जीएसएम सेवातर्फ दुई वटा सिम र सीडीएम सेवातर्फ थप एक सिम जारी गर्न पाइने व्यवस्था गरिएको हो । सिमकार्डमा आधारित भएर बैंकिङ कारोबार गरिने भएकाले उपभोक्ताको सुरक्षाका लागि पनि एकै व्यक्तिका नाममा धेरै सिम जारी गर्न नपाइने गरी निर्देशन हो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...