काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रकको कार्यालय, बल्खुले आज भर्खरै महत्वपुर्ण नतिजा सार्वजनिक गरेको छ । त्रिविले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरिएको जनाएको छ । त्रिविले मास्टर अफ एजुकेशन (एमएड) दोस्रो वर्ष (२०७६) ब्याचको परीक्षाफल प्रकाशित गरिएको जानकारी दिएको छ । परीक्षा माघ २०७६ मा भएको थियो । पास प्रतिशत ४७.७ प्रतिशत रहेको छ । जम्मा ६ हजार ७८७ विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये ३ हजार २३८ विद्यार्थी उर्तीण भएका छन् । अनलाइन नतिजा हेर्नका लागि यहाँ थिच्नुहोला । नतिजा आफुले हेरिसकेपछि अरुको जानकारीका लागि सेयर गरिदिनुहोला । -त्रिवि

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

एसइई : कसरी हुन्छ आन्तरिक मूल्यांकन ?

सोलुखुम्बु, सोताङ गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत तेजिना बस्नेत एसइइको तयारी गरिरहेकी थिइन् । महामारी तनावका बीच पनि उनले आफ्नो तयारी रोकेकी थिइनन् । टेस्ट परीक्षामा आफूले प्राप्त गरेका जिपिएबाट सन्तुष्ट नभएकाले बोर्ड परीक्षामा नतिजा सुधार्न कम्मर कसेकी थिइन् । तर बोर्ड परीक्षा नहुने थाहा पाएपछि उनी निराश छिन् । ‘टेस्ट बिग्रिएको थियो । जानेकै कुरा पनि लेख्न सकेकी थिइन“ । बोर्ड परीक्षामा धेरै अंक ल्याउनका मेहेनत गरिरहेकी थिएँ । परीक्षा नहुने भएपछि जिपिए कम हुने डर छ’, उनले भनिन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थगित भएको एसइई परीक्षाको ग्रेड आन्तरिक मूल्यांकनमार्फत् तयार पार्ने निर्णय गरेपछि कतिपय विद्यार्थीमा यस्तो चिन्ता देखिएको छ । विद्यार्थीमा मात्र नभई शिक्षक तथा अभिभावक पनि अन्योलमा परेका छन् । काभ्रेपलान्चोक जिल्लास्थित इन्द्रेणी विद्यामन्दिरका प्रधानाध्यापक राममणि सापकोटा भन्छन्, ‘आन्तरिक परीक्षाको आधारमा हामीले ग्रेड चढाउँदा भोलि समस्याको हुने हो कि भन्ने लाग्छ । जिपिए कम आउने विद्यार्थी र अभिभावकबाट दवाब सहनु पर्ने सम्भावना देखिन्छ ।’

तर, शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भने आन्तरिक मूल्यांकनको निर्णयले अन्योलमा पर्नु पर्ने नरहेको दाबी गर्छन् । उनी भन्छन्, ‘यस विषयमा राष्ट्रिय परीक्षा बोर्डले एउटा निर्देशिका बनाउनेछ । त्यसैबमोजिम विद्यालयले लिएको परीक्षा र विद्यार्थीको प्रोजेक्टवर्कको आधारमा मूल्यांकन गरिने हो । अन्योल हुनुपर्ने अवस्था छैन,’ शर्मा भन्छन् । त्यसका लागि छिटै सम्पूर्ण प्रक्रिया अगाडि बढ्ने उनी बताउँछन् ।

राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्यांकनको आधारमा ग्रेडसिट दिने कार्यविधि बनाउन कमिटी गठन गरिसकेको छ । सदस्यसचिव दुर्गा अर्याल, एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेल र बोर्ड सदस्य सर्जन जोशी समितिमा रहेको परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । सरकारले गरेको आन्तरिक मूल्यांकनको निर्णय विद्यार्थीको हितमा भएको भन्दै शिक्षाविद्हरूले पनि खुसी व्यक्त गरेका छन् । शिक्षाविद् मनप्रसाद वाग्ले भन्छन्, ‘हामीले पहिल्यैदेखि यही कुरा सरकारलाई सुझाउँदै आएका हौँ । त्रैमासिक परीक्षाको आधारमा मूल्यांकन गर्नु नै उपयुक्त हो ।’

शिक्षाविद् बालचन्द्र लुइँटेल त सरकारले दुई महिनाअघि नै यस्तो सोच्नुपथ्र्यो भन्ने मत राख्छन् । भन्छन्, ‘ढिलै भए पनि सरकारले राम्रो निर्णय ग¥यो । दुई महिनाअघि नै परिस्थितिलाई आ“कलन गरेर निर्णय गर्न सकेको भए अहिलेसम्म सहज अवस्था बनिसक्थ्यो ।’

शिक्षकलाई विश्वास
आन्तरिक मूल्यांकन प्रणालीले शिक्षकलाई विश्वास गर्ने आधार सिर्जना गरिदिएको शिक्षाविद् वाग्लेको भनाइ छ । ‘शिक्षकलाई विश्वास गरेन भने शिक्षा प्रणाली ध्वस्त हुन्छ । बल्ल शिक्षकलाई विश्वास गर्ने माध्यम बनेको छ । यो मूल्यांकनमा शिक्षक इमान्दार बन्नुपर्ने चुनौती पनि उत्तिकै छ’, शिक्षाविद् वाग्ले भन्छन्, ‘हाम्रोमा शिक्षकलाई विश्वास गर्ने परिपाटी छैन । पढाउन हुने, जाँच लिन हुने तर उसले दिएको नम्बरमा विश्वास पनि गर्नुपर्छ’, वाग्ले भन्छन् । वाग्लेका अनुसार एसइइमा शिक्षकले ग्रेड चढाउने हुँदा शिक्षकलाई नतिजा प्रकाशनपछि दवाब आउन सक्छ । यदि त्यस्तो हुने अवस्था आयो भने उनीहरूलाई सुरक्षाको व्यवस्था गर्नुपर्ने वाग्लको भनाइ छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी शिक्षकलाई आफ्नो इमान्दारिता प्रमाणित गर्ने अवसर आएको बताउँछन् । ‘विद्यालयको आन्तरिक मूल्यांकनमा हामी इमान्दार छौं या छैनौं भन्ने अब प्रष्ट हुन्छ’ उनले भने । शिक्षाविद् लुइँटेल पनि कार्यविधिअनुसार शिक्षकले नै ग्रेड दिने भएकाले विश्वास गर्नुको विकल्प नहुने बताउँछन् । ‘धेरै विकसित शिक्षा प्रणाली भएका देशमा पनि शिक्षकलाई नै विश्वास गरिन्छ । जबसम्म हामी शिक्षकलाई विश्वास गर्न नसक्ने वा गतिलो छैन भन्ने मनोविज्ञानमा हुन्छौं, हामी सबै निर्गतिलो नै भइरहन्छौँ’, उनी भन्छन्, ‘शिक्षकले विद्यार्थीलाई बी ग्रेड दियो र अभिभावकले ढुंगामुढा गर्न थाले भने उचित भएन । यसले त शिक्षा प्रणाली र संस्कारलाई नै खराब प्रमाणित गरिदिन्छ ।’

एसइइमा सधैं आन्तरिक मूल्यांकन गरौं

विद्यार्थीको मूल्यांकन परीक्षाबाटमात्रै हुन्छ भन्ने होइन । उनीहरूलाई अरू प्रोजेक्ट वर्क गर्न लगाएर मार्क दिन सकिन्छ । त्यसको रेकर्ड राम्ररी राखिएको हुनुपर्यो, प्रमाण हुनुपर्यो ।टेस्ट भन्ने बित्तिकै हामी विद्यार्थी जम्मा गरेर जाँच लिने भन्ने बुझ्छौं । तर त्यसो होइन । विद्यार्थी निरन्तर काम गर्र्दै जान्छन्, उनीहरूले गरेको कामको मूल्यांकन हुँदै जान्छ । जसलाई विकासात्मक मूल्यांकन भनिन्छ । मूल्यांकन भनेको कसैको दोष पत्ता लगाउनु हो भन्ने हाम्रो गलत बुझाइ छ ।

फेल गर्ने वा कसैलाई निम्न कोटीको देखाउन मूल्यांकन गर्ने भन्ने मानसिकताले हामी ग्रसित छौं । यसको रुपान्तरण हुन सजिलो छैन । यसको लागि अहिलेको खराब मूल्यांकन प्रणाली नै परिवर्तन आवश्यक छ ।स्कोर मात्र सबै कुरा होइन । अब निरन्तर मूल्यांकन प्रणालीमा जाँदा राष्ट्रिय परीक्षा बोर्डले गाइडलाइन बनाउन सक्छ । विद्यालयले विश्वसनीय कुरामा परीक्षा सञ्चालन गर्न सक्छ । हामीले शिक्षकको ‘जजमेन्ट’लाई मान्नुपर्यो । हरेक वर्ष बाहिरकाले जाँच र मूल्यांकन गर्नुपर्ने हो भने त्यो शिक्षा प्रणाली बन्द गरिदिए पनि हुन्छ । एसइइ नगर्दा पहाडै खस्ने पनि होइन । आन्तरिक मूल्यांकनमा कक्षा ८ देखि १० सम्मको असाइनमेन्टलाई लिन सकिन्छ । त्यसको आधारमा ग्रेड दिन सकिन्छ ।परिवर्तन कठिन कुरा हो । परिवर्तनमा अर्थ–राजनीतिको पनि ठूलो भूमिका हुन्छ । यस्ता निर्णय गराउँदा चुनौती आउँछन् । कार्यान्वयन गर्नुपर्ने पक्ष यसमा असहमत भइदिन सक्छ ।

पहिला एसइइ परीक्षा हुँदा शक्ति राष्ट्रिय परीक्षा बोर्डसँग हुन्थ्यो । सबैको आ–आफ्नो शक्ति हुन्थ्यो । शक्तिमा रिसोर्स पनि जोडिएको हुन्थ्यो । त्यो डाइमेन्सन हराउने भयो । अहिलेको ढिलासुस्ती र आनाकानीमा यसले काम गरेको देखिन्छ । कतै मन्त्रालयको एउटा सेक्सनले काम नगरेको हो कि जस्तो लाग्छ । आफू शक्तिमा बसिसकेपछि निर्णय अड्काउने प्रचलन नौलो होइन । अहिलेसम्म स्कुल वा अभिभावक अन्योलमा पर्नुको कारण यो हुनसक्छ । यो डिसिजन कोभिड–१९ सुरु भएको १० दिनभित्र गरिदिएको भए राम्रो हुन्थ्यो ।अर्को पटकदेखि परीक्षा बोर्डले आन्तरिक मूल्यांकनसम्बन्धी तालिम चलाएर शिक्षकलाई कोच गर्ने काम गर्नुपर्छ । र, एसइइमा सधैँ आन्तरिक मूल्यांकन गर्ने प्रणाली विकास गर्नुपर्छ ।

मूल्यांकन कसरी ?

आन्तरिक मूल्यांकनको लागि सरकारले कार्यविधि तयार गर्दैछ । टेस्ट परीक्षा वा त्रैमासिक परीक्षाको आधारमा मात्र मूल्यांकन गर्ने कि अन्य आधार पनि समावेश गर्ने भन्ने बारेमा निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरू अलमलमा छन् । प्याब्सन अध्यक्ष पुरी भन्छन्, ‘स्कुलले लिएको त्रैमासिक परीक्षाको आधारमा मूल्यांकन गरिन्छ होला । त्यो भन्दा अरू विकल्प छैन ।’ तर, केही विद्यालयले टेस्ट परीक्षा नै लिएका छैनन् ।

त्यसैले पनि शिक्षाविद् लुइँटेल मूल्यांकनको लागि परीक्षालाई मात्र पनि आधार मान्न नहुने बताउँछन् । ‘विद्यार्थीको अन्य गतिविधि र उनीहरूलाई दिएको प्रोजेक्ट वर्कको आधारमा मूल्यांकन गर्न सकिन्छ । आन्तरिक मूल्यांकनमा कक्षा ८ देखि १० सम्मको असाइनमेन्टलाई लिन सकिन्छ । त्यसको आधारमा ग्रेड दिन सकिन्छ’, उनले भने । शिक्षाविद् वाग्ले पनि यो कुरामा सहमत छन् । भन्छन्, ‘त्रैमासिक परीक्षासँगै प्रोजेक्ट वर्कलाई आधार मानेर मूल्यांकन गर्न सकिन्छ । यसले विद्यार्थीहरूको असल मूल्यांकन हुन्छ ।’

सम्बन्धित खबरहरु