काठमाडौं । बढ्दो राजनीतिक तनावकाबीच आज मन्त्रिपरिषद बोलाइएको छ । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेका हो । आजको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने जनाइएको छ । अहिलेका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदै हुनुहुन्छ । प्रहरी प्रधान कार्यालय, नक्सालले आईजीपी ज्ञवालीको बुधबार विदाइ गर्ने जनाएको छ ।
उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउन लागेका छन् । अब नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् । थापा संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् । दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताउदैँ आएका छन् । नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि बुधबार नैं राखिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!