काठमाडौ । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका इनअफ इज इनफका अभियान्ताले १२ औं दिनमा अनसन तोडेका छन्। अनसनरत दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएपछि उनीहरुले मंगलबारबाट अनसन तोडेका हुन्। उनीहरुले सरकारसँग भएको सहमति कार्यान्वयन नभए फेरी अनसन बस्ने बताएका छन्। कोरोना नियन्त्रणमा सरकारले हेलचक्राइ गरेको भन्दै उनीहरु असार १२ गतेदेखि सरकारविरुद्ध अनिश्चितकालिन अनसनमा बसेका थिए।

 

सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीले हस्ताक्षर भएको छ। दुवै पक्षबीच विदेशबाट आएकालाई क्वारेन्टिनमा राखेको पाँच दिनपछि मात्रै स्वास्थ्य परीक्षण गरी घर पठाउने र होम क्वारेन्टाइनको निर्देशिका यसै हप्ता तयार पार्ने सहमति भएको छ। क्वारेन्टीन र होल्डिङ सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, आरडीटी परीक्षण स्थगित गर्ने, पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउनेलगायतका सहमती भएको छ । यस्तै सहमतिमा पत्रमा कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख छ ।

 

 

पीसीआर बढाउनुपर्ने, क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने,अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा,लकडाउन खुकुलो बनाउने प्रावधान,सर्वोच्च अदालतका निर्यण कार्यान्वयन लगायतका माग राख्दै इनअफ इज इनफका दुई अभियन्ता अनसन बसेका थिए । उनीहरुको स्वास्थ्य बिग्रिँदै गएपछि केही दिन काठमाडौंको ह्याम्स अस्पालमा भर्ना गरिएको थियो । उनीहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै पुगेका थिए ।त्यहाँ प्रधानमन्त्री ओलीले उनीहरुलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उपचार खर्चलाई सरकारले पारदर्शी बनाउने प्रतिवद्धता जनाउँदै अनशन तोड्न आग्रह गरेका थिए। पछिल्लो पटक सरकारका कामप्रति असन्तुष्टि जनाउँदै यो अभियानमा युवा सहभागी हुँदै आएका छन्।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु