बाक्लो वस्ति भएको काठमाडौं उपत्यकामा आज मात्रै थपिए यति धेरै नयाँ कोरोना संक्रमित


काठमाडौं । बाक्लो वस्ति भएको काठमाडौं उपत्यकामा कोरोना संक्रमण लगातार बढ्दैछ । आज मात्रै उपत्यकामा दुई दर्जन भन्दा धेरै संक्रमित थपिएका छनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप २०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,१६८ पुगेको छ।

तीमध्ये ७,४९९ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६८८ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।

अहिले देशभरि आइसोलेशनमा ८,६३४ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्। मङ्गलवार पुष्टि भएका सङ्क्रमित काठमाण्डू उपत्यकासहित विभिन्न जिल्लाका हुन्।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। सोमवार विगत पाँच हप्तामा सबैभन्दा कम १८० सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ।

गएको तीन दिनमा भने दैनिक सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ। शनिवार २३२ जना र आइतवार २९३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा बोल्दै डा. गौतमले सङ्क्रमित हुने क्रम घटिरहेको बताए।

को हुन् सङ्क्रमित?
सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये बाजुराका सर्वाधिक ५४ जना छन्। त्यसैगरी काठमाण्डूमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जना गरी उपत्यकामा कुल २८ जना छन्। अछाममा ११ र बैतडीमा ११ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयको नियमित प्रेस ब्रीफिङमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाण्डू उपत्यकामा सङ्क्रितको सङ्ख्या बढेको भए पनि समुदायमा नफैलिएको दाबी गरे।

अरू तथ्याङ्क के छ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ६,१३१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। तीमध्ये ३.३ प्रतिशत अर्थात् २०४ वटा नमुनानमा भाइरस पुष्टि भएको हो। यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको सङ्ख्या २,६१,८६१ पुगेको छ। अहिले देशभरि क्वारन्टीनमा २५,७२७ जना छन्।

देशका ७७ वटै जिल्लामा कोरोनाभाइरस पुगेको भए पनि मन्त्रालयका अनुसार अहिले तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्लामा सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या शून्य छ। तर महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्। सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमण बढेको छ। त्यहाँ सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या अन्यत्रको भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। बीबीसी

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
परीक्षा बारे त्रिवि बल्ल औपचारिक रुपमा बोल्यो
यस्तो महत्वपूर्ण विषयमा त्रिविले जारी गर्यो तीन वटा विज्ञप्ति [विज्ञप्तिसहित]
कोरोना संक्रमणको जोखिम बढेपछि विद्यार्थीको कक्षा स्तर बृद्धि गर्ने त्रिविको यस्तो तयारी
स्थगित परीक्षा बारे त्रिवि बोल्यो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...