काठमाडौं । संविधानसभा अन्तगर्ततको मस्यौदा समितिको बैठक आज बस्दै छ ।
सिंहदरबारमा समितिको बैठक बस्न लागेको संसद सचिवालयका सहप्रवक्ता सुदर्सन कुँइकेलले बताए । संविधानसभाको मस्यौदा लेख्ने जिम्मा पाएको कृष्णप्रसाद सिटौला नेतृत्वको समिति काम नभएपछि सुस्त अवस्थामा छ ।गएको विहीबार कार्यव्यवस्था परामर्स समितिको बैठकमा संविधान सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङले सोमवार सम्म सहमति गर्न र सहमति नगरे आफैलाई संविधान ल्याउन अधिकार दिन आग्रह गरेपछि त्यसका विषयमा मस्यौदा समितिले अधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो ।
मस्यौदालाई अन्तिम बनाउने जिम्मा समितिको हँदाहुदै सभामुखको सक्रियतालाई लिएर फरक मत आउन थालेपछि समितिले आज त्यस विषयमा छलफल गर्ने र धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।