काठमाडौं । लकडाउनका कारण बन्द सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन जारी गर्नुभएको छ । जानकारी अनुसार दुईजना यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउन दिने तयारी निर्णय भएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको हो ।

एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई दिनु भएको छ । यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने जनाइएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकामा बढ्दै गरेको कोरोना संक्रमणलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्ने निर्देशन पनि दिनु भएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु