काठमाडौ । सांसद सरिता गिरीले देश बिरुद्ध बोल्दा सांसद पद नै चैट भएको छ । उनलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला सांसद बन्ने भएकी छन् । सरिता हट्दा लीलाको भाग्य चम्किएको हो । समानुपातिक कोटाबाट सांसद बनेकी सरिताले नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि त्यसको विरुद्ध अभिव्यक्ति दिएपछि पार्टीले कारवाही गरेको हो । गिरीलाई कारवाही गरेपछि बन्द सूचीको अनुक्रममा उनीपछि नाम रहेकी लीलालाई पार्टीले सांसद बनाउने भएको हो ।

 

समाजवादी पार्टीकी केन्द्रीय सदस्य सिटौला ललितपुर महानगरपालिका १३ की बासिन्दा हुन् । समाजवादीको तर्फबाट आदिवासी जनजातिको कोटामा राजेन्द्र श्रेष्ठ सांसद छानिनुका साथै गिरी खस आर्यको कोटामा परेकी थिइन् । असार ८ गते समाजवादी पार्टीको पदाधिकारी बैठकले सांसद गिरीलालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टीले त्यतिबेला उनलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिने निर्णय गरेपनि उनले स्पष्टीकरण दिएकी थिइनन्। सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरको नयाँ राजनीतकि नक्साको विरोध गर्दै आएकी थिइन्। सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध पनि उनले संशोधन राखेकी थिइन्।

 

 

जेठ ५ गते मन्त्रिपरिषद्ले कालापानी– लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा पास गर्‍यो। जेठ ९ गते निशान छापमा अंतिक भएको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरायो। आम नेपालीले सरकारको यस कदमलाई स्वीकार गरिरहेका बेला सांसद गिरी भने विपक्षमा उभिएकी थिइन्। गिरीले दर्ता गराएको संशोधन प्रस्तावलाई उनको पार्टी संघीय समाजवदी पार्टीलेसमेत समर्थन गरेन। यतिमात्र होइन, संशोधन फिर्ता नलिए कारबाही गर्नेसम्मको चेतवनी पार्टीले दिएको थियो। तर, उनी अन्तिम समयसम्म पनि पछि हटिनन्।

 

सांसद गिरी भारतको विहार प्रदेशस्थित हाजीपुर–सोनपुल जिल्लामा जन्मिएकी हुन्। उनी भारतमै हुर्किएकी हुन्। उनले आइएस्सीसम्मको अध्ययन भारतमै गरेकी थिइन्। गिरी भारतको विहारबाट विवाह गरेर नेपाल आएकी हुन्। २०४६ सालको आन्दोलनतामा गिरी नेपाली कांग्रेस पार्टीमा आवद्ध थिइन्। त्यसपछि उनी नेपाल सद्भावना पार्टीको सदस्य भइन्। २०७२ सालमा नेपालको संविधान जारी भएपछि गिरी तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट समानुपालिक सांसद बनेकी हुन्। उनलाई कारबाही गरेपछि अधिकांश नेपालीहरुले समाजवादी पार्टीको प्रशंसा गरेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु