ठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालीहरुको रोजगारी संकट भयावह बन्न थालेको छ । स्वदेशको अधिकांश रोजगारी टुटेको त छ नै वैदेशिक रोजगारी समेत धमाधम टुट्दै गएको छ । युएईमा एउटै कम्पनीमा कार्यरत २५ सय भन्दा बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएको खबर आएको छ । कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनी मार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् । यो कम्पनीमार्फत करिब १२ हजार नेपालीले युएईका विभिन्न कम्पनीमा काम गर्दै आएका छन् ।

 

 

तर पछिल्लो पटक कम्पनीले एकैपटक ठूलो संख्यामा नेपालीसँग भएको श्रम करार अन्त्य गरेको हो । करार अवधि बाँकी छँदै रोजगारी गुमाउनुपरेपछि त्यहाँ कार्यरत नेपाली समस्यामा परेका छन् । उनीहरुले आफ्नो समस्याबारे युएईस्थित नेपाली दूतावासमा जानकारी गराएका छन् । एकैपटक ठूलो संख्यामा नेपालीले रोजगारी गुमाएपछि दूतावासले यसको जानकारी परराष्ट्र मन्त्रालयमा गराएको छ । यूएईका विभिन्न क्याम्पमा रहेका ती नेपालीको उद्धारको लागि पहल सुरु गरिएको दूतावासका एक अधिकारीले बताए ।

 

उनका अनुसार कम्पनीले आफ्नै खर्चमा श्रमिकलाई नेपाल पठाउने प्रस्ताव गरेको छ । त्यसका लागि नेपाल सरकारले स्वीकृति दिनुपर्नेछ । आफूहरुलाई छिटो नेपाल फर्काउनुपर्ने रोजगारी गुमाएका नेपाली जयराम नेपालले बताए । कम्पनीले खान दिए पनि लामो समय विदेशमा रोकिँदा समस्या थपिँदै जाने उनको भनाइ छ । यूएईमा हाल करिब २५ हजार नेपाली रोजगारी गुमाएर फर्किनुपर्ने अवस्थामा छन् । हालसम्म ४ हजार मात्रै फर्किएका छन् । कोरोना महामारीको असरपछि रोजगारदाता कम्पनी आर्थिक संकटमा परेका छन् । जसका कारण उनीहरुले विदेशी कामदार कटौतीको नीति लिएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु