काठमाडौ । इजरायलले सैन्य निगरानीका लागि उच्चस्तरीय निगरानीका लागि भन्दै एक जासूसी स्याटलाइट प्रक्षेपण गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै इजरायनको रक्षा मन्त्रालयले यसबारे जानकारी दिएको हो । जस अनुसार ‘ओफेक १६’ लाई उसले स्थानीय समय अनुसार बिहान ४ बजे प्रक्षेपण गरेको थियो । पहिलो चरणको परिणाम एक सातामै आउने अपेक्षा यहाँको सरकारले गरेको छ । अर्थात् यही सातामा केही दृश्य संकलन हुनेछ ।

 

 

स्याटलाइटको उद्देश्यबारे विस्तृतमा खुलाइएको छैन । तर इजरायलको सामुदायिक रेडियोले स्याटलाइटले छिमेकी इरानको आ णवि क गतिविधिको निगरानी गर्ने जनाएको छ । इरानले भने आफ्नो आ णवि क कार्यक्रममा सैन्य सम्बन्ध अस्वीकार गरेको छ । इजरायलका रक्षामन्त्री तथा वैकल्पिक प्रधानमन्त्री बेन्नी गान्त्जले खुफिया क्षमता इजरायलको सुरक्षाका लागि अत्यावस्य क भएको बताएका छन् । ‘हामी प्रत्येक मोर्चामा, प्रत्येक स्थानमा इजरायलको क्षमता सुदृढ र बलियो बनाउन निरन्तरता दिनेछौँ,’ गान्त्जले भनेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु