काठमाडौं । सामाजिक सञ्जालमा पश्चिम रुकुमको भन्दै एक भिडियो अहिले एकदम भाइरल हुँदैछ । अहिले भाइरल भइरहेको पश्चिम रुकुमको आठबीस कोट नगरापालिकामा नेपाल प्रहरी र नगरप्रहरीले महिलामाथि अ'मा'नविय तरिकाले हा'तपा'त गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी प्रशासन आलोचनाको भागिदार बन्नु परेको छ । उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल प्रहरी र नगर प्रहरीमाथि आ'क्रोश व्यक्त गरेका छन् । सजाय दिन कानुन भएको बर्दी लगाएर गरिएको उक्त व्यवहारले मानवीय सं'वेदना हराएको भन्दै ब्याख्या गर्न थालिएको छ । यस घटनाबारे जनबोलीले आठबीस कोट प्रहरीसँग बुझ्दा यो घटना अहिले भएको नभई जेठ १ गते भएको थियो ।

प्रहरीले जुन महिलामाथि हा'तपा'त गरिरहेको छ ति महिला जाजरकोट जिल्लाको भएको बुझिएको छ । आठबीस कोटका प्रहरी निरीक्षक कविराज रोकायाले ति महिलाले मापसे गरेर प्रहरीमाथि दुव्र्य वहा र गरेपछि घटना सुरु भएको थियो । उहाँले भिडियो हेर्दा आफुलाई पनि दुःख लागेको भन्दै त्यस घटनामा संलग्न दोषि सबैमाथि कडा कारबाही गरिने जानकारी दिनु भएको छ । अहिले भिडियो भाइरल भएपछि घटनाको अनुसन्धान सुरु गरिएको उहाँले जनाउनुभयो । नगर प्रमुख गोर्ख बहादुर केसीले दिएको जानकारी अनुसार ति महिलाको नाम नेहा विष्ट हो । केसीका अनुसार ति महिलाले अत्याधिक मापसे गरेर सुरुमा प्रहरीमाथि दुव्र्य वहार गरेकी थिइन् ।

नगरप्रहरीसँग महिला प्रहरी नभएका कारण नेपाल प्रहरीसँग सम्न्वयन गरेर महिला प्रहरी बोलाएर नियन्त्रणमा लिन खोज्दा घटना भएको उहाँको बुझाई रहेको छ । प्रमुख केसीका अनुसार ति महिलालाई नियन्त्रणमा लिनु मात्रै पर्नेमा हा'तपा'तसम्म गरिनु दुःखद भएको भन्दै यसमा संलग्न सबै प्रहरी कारबाहीमा पर्ने जानकारी दिनुभयो । उहाँले पनि यो घटना हालसालै नभएको कुरा खुल्न आएको जानकारी दिनु भएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://youtu.be/XIaGG12EM0A

सम्बन्धित खबरहरु