काठमाडौं । पूर्वराजकुमारी पूर्णिका शाहले प्रेमी रोजेको खबर सार्वजनिक भएको छ । जानकारी अनुसार डेटिङमा आमा हिमानी शाहको पनि साथ रहेको छ । छोरी हुर्किइन् । एउटा वर खोज्ने भइन । गोप्य राखेपनि बर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ । प्रसंग हो, पूर्वयुवराज पारस शाहको । उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्नेखालका छन् । तर पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती छ ।

 

 

ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर भर्खर आफूभन्दा १० बर्षले जेठा युवकसँग प्रेममा परेको समाचार बुधबार जनआस्था साप्ताहिकले छापेको छ । पूर्णिका सामाजिक संजालका प्रस्तुतीहरुको कारण युवामाझ आफूमात्र लोकप्रिय भइनन्, लकडाउनको बेला टिकटक ट्रेण्डमा आमा र बहिनीसहित सहभागी हुँदा निकै फ्यान बटुलेकी छिन् ।

 

उनै पूर्णिका आफूजस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यसँग गहिरो प्रेममा डुबेको खबर जनआस्थाले बाहिर ल्याएको छ । उनी आफू गहिरो प्रेममा परेको कुरा त सार्वजनिक गरेकी छन तर जनआस्थाले फेला पारेको छ ती प्रेमी । पूर्णिकाका प्रेमी हुन श्रीपेज धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान ।

 

वि.सं. १८७१–७३ को नेपाल–अंग्रेज यु–द्धका कमाण्डर माथवरसिंह थापाकै सन्तान हुन । नेपाल प्रहरीको एआइजीबाट ०७३ सालमा रिटायर्ड भएका सुशीलबरसिंह थापा र त्यही बेला नेपाल सेनाको लेफ्टिनेन्ट कर्णेलको पाँच बर्षे पदावधि लागेर अवकाश पाएपछि सेभ द चिल्ड्रेनमा कार्यरत राजीवबरसिंह थापाहरु । पूर्णिकाका प्रेमीचाहिं सुशीलबरसिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिज धर्म हुन । थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी थिइन । काठमाडौंको भोटेबहाल पुख्र्यौली थलो भई अहिले विभिन्न ठाउँमा छरिएर बस्ने बरसिंह थापा खलक पहिलादेखि नै शाही परिवार नजिक छ ।

 

तर पूर्णिका र धर्मको भेट यसरी भएको होइन । सबै कुरा आमा हिमानीसँग शेयर गर्ने बानी भएकी उनले थाइल्याण्डमा हुँदै आमालाई सुनाएकी थिइन । र्धम सानातिना ठेक्कासहित जमिन र बिल्डिङ बेचविखनको काम गर्छन । प्रायः दरबारमार्ग, ठमेल, लाजिम्पाटतिर उनीहरुको जमघट भइरहन्छ । रमाइलो कस्तो छ भने, कतिपय डेटिङमा आमा हिमानी पनि साथमा हुन्छिन् । जनआस्था साप्ताहिकबाट लिइएको हो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=0V1E8wB-xDw&t=35s

 

सम्बन्धित खबरहरु