काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप २५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यो वृद्धिसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,४२३ पुगेको छ। तीमध्ये ७,७५२ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २५३ जना भाइरसमुक्त गएर घर फर्किएका छन्। अहिले देशभरि आइसोलेशनमा ८,६३६ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्। गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। सोमवार विगत पाँच हप्तामा सबैभन्दा कम १८० सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ। बुधवार पुष्टि भएका सङ्क्रमित काठमाण्डू उपत्यकासहित विभिन्न जिल्लाका हुन्।

अरू तथ्याङ्क के छ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ४,६९६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको सङ्ख्या २,६६,४५७ पुगेको छ। अहिले देशभरि क्वारन्टीनमा २५,०४० जना छन्। देशका ७७ वटै जिल्लामा कोरोनाभाइरस पुगेको भए पनि मन्त्रालयका मङ्गलवार बताए अनुसार अहिले तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्लामा सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या शून्य छ।

तर महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ। अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्। सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमण बढेको छ। त्यहाँ सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या अन्यत्रको भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु