काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रकको कार्यालय, बल्खुले आज स्नातक तहको नतिजा प्रकाशन गरेको छ । तीन बर्षे ब्याचलर अफ एजुकेशन (बीएड) प्रथम वर्ष, २०७६ ब्याचको परीक्षा परिणाम प्रकाशित भएको हो । परीक्षा भाद्र–अश्विन २००७६ मा सम्पन्न भएको थियो। प्रकाशित नतिजामा पास प्रतिशत जम्मा ४१ प्रतिशत मात्र छ। जम्मा ७७४९ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये ३१९१ जना विद्यार्थी मात्र पास भएका छन् । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला । एसएमएसबाट नतिजा चेक गर्ने तरिका तल अपलोड गरिएको प्रतिमा हेर्नुहोला । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

स्थगित परीक्षा संचालन गर्ने त्रिविको अन्तिम तयारी : अनलाइन वा सामाजिक दूरी कुन उपयुक्त ?

लकडाउनका कारण स्थगित हुन पुगेका विभिन्न तहका परीक्षा संचालन गर्ने तयारी त्रिभुवन विश्वविद्यालयले गरेको छ। सामाजिक दूरी कायम गरी परीक्षा लिने वा अनलाइनमार्फत् नै परीक्षा लिने भन्नेमा छलफल भइरहेको त्रिविले जनाएको छ। परीक्षाको उपयुक्त माध्यम र त्यसको कार्यविधिसमेत सिफारिस गर्न विश्वविद्यालयले समिति नै गठन गरी अध्ययन थालेको छ।

प्राडा सुर्वण शाक्यको नेतृत्वमा बनेको ‘कमिटी अफ अल्टरनेटिभ एक्जाम मोड’ले सामाजिक दूरी कायम गरी परीक्षा लिने वा अनलाइनमार्फत लिने भन्नेमा केन्द्रित रहेर छलफल थालिसकेको समेत जानकारी दिएको छ। कमिटी अफ अल्टरनेटिभ एक्जाम मोडका सदस्य एवं परीक्षा नियन्त्रण कार्यलय बल्खुका उपनियन्त्रक विष्णु वाग्लेका अनुसार ३९४ दिनमा नै कुन तरिकाबाट परीक्षा लिने भन्ने टुंगो लाग्ने छ।

 

धेरै तरिकाबाट परीक्षा लिन सकिने विषयमा छलफल भएको छु, उपनियन्त्रक वाग्लेले भने, हाम्रो स्रोत र साधनले भ्याएसम्म परीक्षा लिन सकिने तरिकामा सामाजिक दूरी कायम गरी पहिलेको जसरी नै परीक्षा लिनु अथवा सेमेस्टर प्रणाली भएका कक्षाहरुलाई मात्र अनलाइन परीक्षा लिनु हो।’ वाग्लेले वार्षिक परीक्षा भने लिन नसकिने बताए। अनलाइन परीक्षा लिँदा प्रश्न साविकको भन्दा फरक सोधिने वाग्लेले बताए। ‘अघिपछि हामीले पुस्तकमै उत्तर भएको सोध्यौं, उनले भने, ‘अब भने विद्यार्थी आफैले विश्लेषण गर्नुपर्ने प्रश्न सोधिने छ।’ राजधानीका अधिकांश विद्यार्थी बाहिर भएको र क्याम्पसको सम्पर्कमा नरहेका कारण सामाजिक दूरी कायम गरेर परीक्षा लिन असम्भव देखिएको त्रिविले जनाएको छ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु