काठमाडौं । उता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रमझम र रमाइलो भइरहँदा संविधानसभा भवन नयाँ बानेश्वर भने सुन्यतामा परिणत भैरहेको छ ।
न शीर्ष नेता आउँछन्, न त सभासदहरुले बोलेका कुराको सुनुवाई नै हुन्छ । तै पनि बाध्यतावस बोल्नै परेको छ ।
संविधानसभाको सदस्यहरु यतीबेला शीर्ष नेताहरुसँग रुष्ट बनेका छन् । तै पनि संविधानसभा बैठक आज पनि बस्दै छ ।
नयाँ बानेश्वरमा दिउँसो बस्ने बैठकमा संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका तर्फबाट सभापति बाबुराम भट्टराईले पेश गर्नुभएको प्रतिवेदनमाथिको छलफललाई निरन्तरता दिइने छ ।
प्रतिवेदनमा भोलिसम्म छलफल सोमबार सम्म हुने छ । संविधानसभाका अध्यक्षले सहमतिकालागि दलहरुलाई सोमबारसम्मको समय सीमा तोकेकाले सभासदहरु केही आशावादी भने बनेका छन् ।