काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागहरुमा वर्षा भइरहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

 

 

यस्तै चेतावनीसहित महाशाखाले देशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको भन्दै कडा चेतावनी दिएको छ । नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान तल हेर्न सक्नुहुन्छ ।

 

 

असार २५ गते (बिहीबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

असार २६ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

असार २७ गते (शनिबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही मुलुकका सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सातै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश ५ र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु