सरिता गिरीलाई समर्थन गरेकी अन्सारीलाई राष्ट्रिय मानव अधिकार आयोगले दियो यस्तो चेतावनी


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ । अन्सारीले यही असार २३ गते सामाजिक सञ्जाल ट्वीटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गरिएकामा खेद प्रकट गर्दै आपत्ति जनाउनुभएको थियो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्सारीले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको छ, दलको अधिकारलाई निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ, आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो, तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेदजनक छ, तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।”

संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी गिरीमाथि गर्न लागिएको कारवाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानबिन प्रतिवेदन’ भनेको प्रति आयोगले खेद प्रकट गरेको हो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
परीक्षा बारे त्रिवि बल्ल औपचारिक रुपमा बोल्यो
यस्तो महत्वपूर्ण विषयमा त्रिविले जारी गर्यो तीन वटा विज्ञप्ति [विज्ञप्तिसहित]
कोरोना संक्रमणको जोखिम बढेपछि विद्यार्थीको कक्षा स्तर बृद्धि गर्ने त्रिविको यस्तो तयारी
स्थगित परीक्षा बारे त्रिवि बोल्यो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...