काठमाडौ । कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ । पोखराको सराङकोट, हेम्जा र पैतेडाँडामा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका हुन् । पोखरा–१८ सराङकोट गोठादीमा राति साढे २ बजेतिर खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ । पहिरोमा ९ जना घाइते भएका छन् । घाइते सबैको मणिपाल र गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

 

 

यस्तै पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हिमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता पोखरा–२६ पैतेडाँडामा पनि पहिरोले घर पुर्दा स्थानीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ । ब्लकले बनेको दुईकोठे घरसँगै पुरिएका उनका पत्नी, एक छोरा र एक छोरीको उद्धार गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । उनका अनुसार त्यहाँ अहिले पनि पहिरो जाने क्रम जारी रहेको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु