काठमाडौं । नेपालबारे अनावश्यक टिप्पणी गर्नु एक चर्चित भारतीय सञ्चारमाध्यमलाई महंगो परेको छ । भारतको जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालसम्बन्धी गरेको विवादास्पद ट्वीट डिलिट गर्नुपरेको छ । यो सँगै उनको मिडिया जी न्युजले पनि नेपालीहरुसँग माफि मागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंस्थित चिनियाँ राजदूतबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको थियो । जसको नेपालमा व्यापक विरोध भएको थियो । त्यस्ता भ्रमपूर्ण समाचारको चर्को विरोध भएपछि बिहीबार नेपालका केबल अपरेटरहरूले भारतीय समाचार च्यानलहरू बन्द गरेका थिए ।

त्यसरी समाचार च्यानलहरू बन्द गरेपछि प्रधान सम्पादक चौधरीले नेपालीहरू भारतीय समाचारवाचकहरूसँग नै डराएको सेनाको जरूरी नै नपरेको भन्दै ट्वीट गरेका थिए ।

शुक्रबारको आफ्नो ट्वीटले नेपालीहरू आहत भएको र भारतीयहरूले नै त्यो विचार ठीक नभएको बताएपछि ट्वीट डिलिट गरेको चौधरीले बताएका छन् । उनले हिन्दीमा गरेको ट्वीटको नेपाली अनुवाद यस्तो हुन्छ, ‘मेरो यो ट्वीटले नेपालमा रहेका हाम्रा दर्शक आहत भएका छन्।

यहाँ भारतमै पनि धेरैजसो मान्छेहरूले यो विचार ठिक नभएको भनेर लेखेका छन्। हुन सक्छ की मैले समाचारहरू आएपछि आवेशमा आएर प्रतिकृया दिएँ होला। यो मञ्च अभिव्यक्तिको लागि हो, आहत हुन होइन। त्यसैले खेद जनाउँदै मैले यो ट्वीट हटाएको छु ।’

अर्को तिर उनै चौधरीको जी न्युजले नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै क्षमायाचना गरेको छ । जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं ।

तर भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौं ।

हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’ यस विषयमा नेपाल प्रेस काउन्सिलले भारतीय प्रेस काउन्सिललाई जानकारी गराएर कारबाही गर्न भनेको थियो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु