काठमाडौं । नेपालमा सबै भारतीय निजी सञ्चारमाध्यम बन्द भएपछि भारतलाई कडा सन्देश गएको छ । नेपाली टिभी च्यानल प्रदायक कम्पनीहरूले भारतीय समाचार च्यानलमा लगाएपछि भारतले चीनसँग जोडेको छ । च्यानल प्रतिबनधमा चीनको हात रहेको भन्दै भारतका व्यक्तिहरूले बयान दिन थालेका छन् ।

भारतमा पूर्वमेजर जनरल गगनदिप बक्सी तथा जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले चीनको इशारामा नेपालले भारतीय समाचार च्यानलमाथि प्रतिबन्ध लगाएको आरोप लगाएका छन् । जी न्युजका प्रधान सम्पादक चौधरीले टिभी कार्यक्रममै,‘नेपालले चीनको इशारामा भारतीय समाचार च्यानलहरूमा प्रतिबन्ध लगायो’ भनेका थिए ।

अर्का पत्रकार अर्णव गोस्वामीले पनि चीनको हात रहेको बताएका थिए । त्यस्तै पूर्वमेजर बक्सीले ट्वीट गर्दै, ‘चिनियाँ राजदुत महारानी यान्छी नेपालकी नयाँ शासक । उनको इशारामा नेपालले भारतीय च्यानल बन्द गर्ने निर्णय गरेको छ ।’ नेपालबारे अनर्गल सामग्री प्रशारण गरेको भन्दै नेपालमा भारतीय समाचार च्यानलको प्रशारणमा बिहीबारदेखि रोक लगाइएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु