काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह दोस्रो बर्षको एकैपटक दुई वटा विषयको नतिजा प्रकाशित गरेको छ । त्रिविले एमए दोस्रो बर्ष इतिहास र कलचर विषयको नतिजा प्रकाशित गरेको हो । नतिजा हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । नतिजा आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

त्रिभुवन विश्वविद्यालयले अब पुस्तकको आईएसबीएन नम्बर अनलाइनमार्फत प्रदान गर्ने

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अबदेखि अनलाइनमार्फत पुस्तकको ‘अन्तर्राष्ट्रिय मानक पहिचान चिह्न’ (आईएसबीएन) सेवा प्रदान गर्ने व्यवस्था गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले अर्विन्दकुमार केशरीले लेख्नुभएको ‘ब् त्भहत दययप या ज्ष्नजभच कभअयलमबचथ द्यष्ययिनथ’ पुस्तकलाई ९७८–९९३७–९९९८–१६आईएसबीएन अनलाइनबाट प्रदान गरी सेवाको शुभारम्भ गर्नुभयो । यसअघि पुस्तकको आईएसबीएन नम्बर लिनका लागि केन्द्रीय पुस्तकालय आउनुपर्दथ्यो ।

 

सो अवसरमा उहाँले बन्दाबन्दी (लकडाउन)को अवसर पारेर पुस्तकालयले आईएसबीएन सेवा अनलाइनमार्फत उपलब्ध गराएर प्रविधिलाई आत्मसात् गरेको बताउनुभयो । शिक्षाध्यक्ष प्राडा भुसालले विश्वविद्यालयले विपद्लाई अवसरको रुपमा प्रयोग गर्दै प्रविधिमैत्री अध्ययन अध्यापन कार्य सञ्चालन गर्ने योजना बनाइरहेकोसमेत बताउनुभयो । त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक प्रा डा भुपप्रसाद धमला, केन्द्रीय पुस्तकालयका पूर्वप्रमुख जनार्दन ढुङ्गाना र इन्द्रप्रसाद अधिकारी, नेपाल पुस्तक प्रकाशन सङ्घका अध्यक्ष लिखत पाण्डेले अनलाइन सेवा सञ्चालन गरेपछि सेवाग्राहीलाई सजिलो हुने बताउनुभयो ।

 

केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले पुस्तकालयले प्रदान गर्ने सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने बताउनुभयो । उहाँले पुस्तकालयले छिटै सफ्टवेयर खरिद गरी पाठकले आफ्नो इमेलबाट जुनसुकै ठाउँबाट जुनसुकै बेला प्रयोग गर्न मिल्ने गरी रिमोटबाट पनि पढ्न सक्ने सेवा प्रदान गर्ने योजना रहेको बताउनुभयो । सन् २००० जनवरी २६ देखि नेपालबाट प्रकाशन भएका पुस्तकलाई अन्तर्राष्ट्रिय मानक पहिचान चिह्न प्रदान गर्ने राष्ट्रिय एजेन्सीको रुपमा केन्द्रीय पुस्तकालयले काम गर्दै आइरहेको छ । २० वर्षको अवधिमा ५५ हजार पुस्तकलाई आईएसबीएन नम्बर प्रदान गरेको पुस्तकालयका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । चवालिस हजार ३६९ पुस्तकको कम्प्युटरमा डाटा इन्ट्री भई वेबसाइटमा हेर्न सकिने भएको छ भने बाँकी पुस्तकहरु पनि कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ ।

सम्बन्धित खबरहरु