काठमाडौं । तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको आज मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् ।

भारतबाट आएर पाँच दिन पहिला क्वारेन्टिनमा बसेका उनको बिरामी भएपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

मृतकको लाश गण्डकी अस्पतालमा राखिएको र स्वाब सङ्कलन गरी कोरोना परीक्षणको तयारी भइरहेको छ । मृतक श्रेष्ठ सुगर, प्रेसर र प्यारालाइसिसको बिरामी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु