काठमाडौं । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को एक सहकारी संस्थाबाट रु तीन लाख ५० हजार नगद चोरी भएको छ । प्रतापपुर गाउँपालिका–५ स्थित महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट गए राति रकम चोरी भएको हो ।

संस्थाको कार्यालयमा रहेको ¥याकको ताल्चा फोडी रु तीन लाख ५० हजार चोरी भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो । स्थानीयवासी गोबरी धोबीको एक तले पक्की घरमा भाडामा रहेको उक्त सहकारीको कार्यालयको ढोकामा ताल्चा लगाउने कब्जासहित फोडिएको र ढोका खल्ला रहेको देखेपछि घरधनी धोबीले संस्थाका व्यवस्थापक तिरणजित सैथवारलाई खबर गर्नुभएको थियो । घटनाको विषयमा इलाका प्रहरी कार्यालय बेलाटारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अविरल वर्षाले घर भत्कियो
अविरण वर्षाका कारण नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा दुई घर भत्किएको छ । प्रतापपुर–३ नन्दुरमा दुई घर भत्किएको हो । स्थानीयवासी ७५ वर्षीया मुनरीदेवी चमार र ५० वर्षीया रामावतीदेवी कम्करको फुसले छाएको एकतले कच्ची घर भत्किएको इलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ । घर भत्किए पनि मानवीय तथा चौपायामा क्षति नभएको प्रहरीले जनाएको छ ।

यस्तै पाल्हीनन्दन गाउँपालिका–३ स्थित ताजुल ओलुम मदरसाको पर्खाल पनि भत्किएको छ । अविरल वर्षाका कारण मदरसाको परिसर घेरिएको सिमेन्ट र इँटाले बनेको १६० मिटर लम्बाइ र पाँच फिट उचाइको पर्खाल भत्किएको र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय अमानिगञ्जले जनाएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु