काठमाडौ । बलिउड नायिका ऐश्वर्या राया बच्चन र उनकी छोरी आराध्यालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि उनकै परिवारका बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनीहरुको पनि कोरोना परीक्षण गरिएको थियो । पहिलो पटक गरिएको परीक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो ।

 

तर, दोश्रो पटक गरिएको परीक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ । हाल होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् । आज बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुवैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । नायक अभिषेक बच्चनले यो परिस्थितिमा नआत्तिन सबैसँग अपिल गरेका छन् ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु