काठमाडौ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लामो समयदेखि अवरुद्ध विश्वविद्यालयहरूको परीक्षा सञ्चालनको गाँठो फुकाउन सरकारले नयाँ निश्कर्ष निकालेको छ । भर्खरै प्राप्त जानकारी अनुसार सरकारले होम सेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्देशिका जारी गरेको हो । कोरोना संक्रमणका कारण समस्या भएपछि विकल्पका रूपमा विद्यार्थीले आफूले पढेकै ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट ‘सिकाइ सहजीकरण प्रारूप २०७७’ स्वीकृत गरी परीक्षासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोगमा पठाएको छ। आयोगको असार १९ गते बसेको बैठकले प्रारूपलाई निर्देशिकाको रूपमा जारी गरेको छ। आयोगले जारी गरेको निर्देशिकाअनुसार विश्वविद्यालयमा लकडाउनका कारण रोकिएका परीक्षालाई सम्बन्धित उच्च शैक्षिक निकायहरूले होम सेन्टर कायम गरी परीक्षा सञ्चालन गर्नसक्ने गरी गाँठो फुकाएको हो।

प्रारूपको बुँदा १३ मा परीक्षासम्बन्धी गरिएको व्यवस्थामा विश्वविद्यालयका सम्बन्धित निकायको स्वीकृतिमा सुरक्षा प्रोटोकल अपनाई सम्बन्धित उच्च शैक्षिक संस्थामै परीक्षा केन्द्र तोकेर परम्परागत परीक्षा अनुसरण गर्न सकिने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ। विश्वविद्यालयहरूले सुरक्षा प्रोटोकल अपनाएर सामाजिक दुरी र सामान्य सावधानी, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, हात धुने र अनुहार छोप्ने सामानको उपयोग गरी सम्भव भएसम्म सेमेस्टर वा वार्षिक वा टर्मिनल परीक्षा सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

https://www.youtube.com/watch?v=aGRTbxz2Zp4&feature=youtu.be

उपकुलपति भन्छन् : विश्वविद्यालयका रजिस्टार र डीन खुला प्रतिस्पर्धाबाट लिँदैछौँ

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले रजिस्टार र डीन खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने बताउनुभएको छ । लोकवार्ता विज्ञान विभागका विद्यार्थीसँगको आजको भेटघाटमा कार्यक्रममा उपकुलपति प्रा डा सिंहले योग्य, क्षमतावान् र दूरदृष्टि साथ काम गर्नसक्ने व्यक्तित्वबीचको खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गरिने जनाउनुभयो ।

विश्वविद्यालयको विकास एवं हितमा सहयोग पु¥याउने हेतुले दुवै पदका लागि दर्खास्त आह्वान गरिएको उहाँले बताउनुभयो । “यसरी रजिस्टार र डीन पदमा प्रतिस्पर्धाबाट नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयमा पहिलो घटना हो”, उहाँले भन्नुभयो, “जुन मध्यपश्चिम विश्वविद्यालयले गरेको छ ।”

विश्वविद्यालयले आफ्नो वेबसाइटमा आवश्यक मापदण्डसहित रजिस्ट्रार र डीनको दर्खास्त आह्वानको सूचना जारी गरेको छ । उहाँले यसअघि राजनीतिक शक्तिका आधारमा नियुक्ति गरिँदै आएको प्रणालीलाई तोड्दै आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई मात्र छनोट गर्ने बताउनुभयो । उहाँका अनुसार मप विश्वविद्यालयको पदाधिकारी नियुक्तिका क्रममा आउने जस्तासुकै दबाबसँग जुधेर अगाडि बढ्ने र विश्वविद्यालयको भ्रष्टाचारलाई शून्यमा झार्ने एवं पारदर्शिता कायम गर्नेतर्फ अधिकतम जोड दिइने बताउनुभयो ।

मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री)बाट हुने र सोही ऐनको दफा २६ बमोजिम डीनको नियुक्ति कार्यकारी परिषद्को निर्णयअनुसार उपकुलपतिबाट हुने व्यवस्था छ ।

सम्बन्धित खबरहरु