काठमाडौ । पैसा ठिक पारेर राख्नुहोस् नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट छिटै धेरै नाफा कमाएका तीन कम्पनीले आइपिओले स्वीकृत पाउने भएको छ। रिलायन्स लाइफ इन्स्योरेन्स, चन्द्रागिरि हिल्स र समाज लघुवित्तको आइपिओ अन्तिम चरणमा पुगेको बोर्डले जनाएको हो। गत वर्षको फागुन १६ गते बोर्डमा आइपिओ निष्कासनका लागि निवेदन दिएको समाज लघुवित्तको आइपिओ रेटिङपछि स्वीकृत हुने बोर्डले जानकारी दिएको छ।

 

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को तेस्रो संशोधन अनुसार संगठित संस्थाले सार्वजानिक निष्कासन गर्नु अघि रेटिङ संस्थामार्फत रेटिङ गराउन पर्ने व्यवस्था छ। यस अघि ३ करोड भन्दा कम पुँजी भएका कम्पनीहरुले रेटिङ गराउन नपर्ने व्यवस्था थियो। कम्पनीले सो व्यवस्था रहँदै बोर्डमा आइपिओ निष्कासनको लागि निवेदन दिएको थियो। बोर्डबाट आइपिओ स्वीकृत नहुँदै व्यवस्था संशोधन भएपछि लघुवित्तले रेटिङ गनुपर्ने भएको हो।

 

 

हाल कम्पनीको चुक्ता पुँजी २ करोड छ। बोर्डका अनुसार हाल कम्पनी रेटिङ गर्ने कार्यमा गइसकेको छ। रेटिङ पाए लगतै कम्पनीले आइपिओ स्वीकृत पाउने बोर्डले जनाएको छ। कम्पनीले ८६ हजार कित्ता बराबरको ८६ लाख रुपैयाको आइपिओ निष्कासन गर्न लागेको हो। त्यस्तै, चन्द्रागिरी हिल्स र रिलायन्स लाइफ इन्स्योरेन्सलाई बोर्ड अपुग भएको विवरण ल्याउन कमेन्ट पठाएको छ। उक्त विवरण बोर्डमा आएपछि बोर्डले अध्ययन गर्छ र छिटै आइपिओ स्वीकृत हुने बोर्डको भनाई छ। चन्द्रागिरि हिल्स लिमिटेडले प्रतिकित्ता १ सय रुपैयाँमा १८ लाख ४० हजार ९ सय १० कित्ता आइपिओ निष्कासन गर्नेछ भने रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता आइपिओ निष्कासन गर्नेछ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु