डडेल्धुरा, डडेल्धुराको सदरमुकाममा भीषण आगलागी भएको छ । जिल्लाको मुख्य बजारको रुपमा रहेको बागवजारमा शनिबार राती आगलागी भएको हो । राती झण्डै एक बजेको समयमा भएको आगलागीबाट एक अर्ब रुपैंयाको क्षती भएको अनुमान गरिएको छ ।
आगलागी हुँदा एक दर्जनको संख्यामा पसलहरु जलेर नष्ट भएका छन् । दर्जनौं पसल तथा घरहरुमा क्षती पुगेको छ । १२ वटा पसलहरु जलेर खरानी भएका छन् ।
आगलागीबाट भएको क्षतीको यकिन विवरण आउन नसकेपनि प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले एक अर्बको हाराहारीमा क्षती भएको हुन सक्ने बताउनु भयो । व्यापारीहरुले पनि एक अर्व बराबरको क्षती भएको बताईरहेका छन् । सदरमुकाममै आगलागी भएपनि जिल्लाको अमरगढी नगरपालीकाको दमकल आउनमा ढिलाई भएका कारण आगलागीबाट बढी क्षती भएको स्थानीयबासिन्दाले बताएका छन् ।
दमकल आगो लागेको स्थलमा दुईघण्टा पछि मात्रै पुगेको थियो । एक बजे भएको आगलागी साढे पाँच घण्टापछि बिहान साढे ५ बजे मात्र नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानिय बासिन्दा र अमरगढी नगरपालीका डडेल्धुराको दमकलले चार घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन दुईवटा डोजर समेत प्रयोग गरिएको थियो । विद्युत्त सर्ट भएर आगो लागेको अनुमान छ ।