विद्यालय खोल्ने तयारी, मिति नै तोकियो


काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम घट्दै गएकोभन्दै सरकारले विद्यालय खोल्ने तयारी थालेको छ । बाँकेको स्थानीय सरकारले यस्तो तयारी थालेको हो । बाँकेको राप्तीसोनारी गाउँपालिकाले साउन १५ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ। अहिलेकै अवस्था रहेका विद्यालय खोल्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा भएको सरोकारवालाको बैठकले अहिलेकै अवस्था रहेमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सामग्रीको प्रयोग गरेर साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए।

 

 

‘संघीय सरकारले कुनै निर्देशन पठायो भने अलग पाटो हो, नभए साउन १५ गतेबाट विद्यालय खोल्ने निर्णय भएको छ,’ उनले भने, ‘विद्यालयमा सुरक्षा सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने सर्वपक्षिय रूपमा सुझाव आएकाले पढाइ सुरु गर्ने निर्णय गरेका हौं।’ कोरोना भाइरसका कारण लामो समय विद्यालय बन्द हुँदा पठनपाठन ठप्प छ। गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि अधिकांश विद्यालय क्वारेन्टिन तथा आइसोलेसनका रूपमा प्रयोग गरेको थियो। विद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टिन तथा आइसोलेसनमा प्रयोग भएका विद्यालयका कक्षा कोठामा स्यानिटाइज छर्कने तयारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले भर्खरै जारी गर्यो अत्यन्त जरुरी सूचना, अब परीक्षा नहुने !
विद्यार्थी र विद्यालयका लागि शिक्षामन्त्री पोखरेलको अपिल
विद्यालय सञ्चालन सम्बन्धमा शिक्षा मन्त्रालयले सबै स्थानीय सरकारलाई पठायो यस्तो पत्र [पत्रसहित]
एसईई नतिजा बारे राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ पछिल्लो जानकारी
सिटिईभिटिको पाठ्यक्रम र योग्यता संशोधन [सूचनासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता