काठमाडौ । अजोड इन्स्योरेन्स लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज सोमबार अन्तिम मौका रहेको छ। कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँबराबरको आईपीओ गत असार २५ गतेदेखि बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिन्छ।

 

रु। १०० अंकित दरका कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको हो। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

 

 

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ४ लाख १ हजार ५०२ जनाले १ करोड ४७ लाख ८५ हजार कित्ताका लागि आवेदन दिइसकेका छन्। यो भनेको सर्वसाधारणका लागि निष्कासन गरिएको कित्ताको तुलनामा ५ गुणाभन्दा बढी हो।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु