काठमाडौ । मालपोत कार्यालयमा हुने अनियमितता रोक्न र कर्मचारीको मनोबल बढाउन भन्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरपायक सरुवा दिन सुरु गरेको छ। कर्मचारीहरुले सरुवाका लागि अनलाइनबाटै निवेदन दिने र विभागले खाली रहेको ठाउँमा २ घण्टाभित्रै सरुवा गरेर पत्र थमाउने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए। ‘धेरैजसो कर्मचारीहरुले घरपायक सरुवाका लागि लामो समयदेखि भनसुन गराउँदै आएका थिए,‘ नवनियुक्त महानिर्देशक पौडेलले भने, ‘विभागले नै घरपायक अथवा रोजेको ठाउँमा सरुवा लिएर काम गर भनेपछि अहिले भनसुन गराउनेको कुनै फोन आएको छैन। यसले मलाई पनि काम गर्न सहज भएको छ।‘

 

घरभएकै ठाउँमा काम गर्दा कर्मचारीलाई दोब्बर तलब दिए जस्तै हो। परिवारसँग बसेर, परिवारको हेरविचार गरेर कार्यालयको काम गर्न पाएपछि कर्मचारीलाई अरु कुनै तनाव हुँदैन। यसले कर्मचारीलाई काममा एकताबद्ध गराउने पौडेलको विश्वास छ। आफ्नो स्थानीय ठाउँमा बसेर कर्मचारीले अनियमितता गर्ने हिम्मत पनि नगर्ने उनको दाबी छ। पौडेल भन्छन् ‘आफ्नै दाजुभाईको कारोबार गर्नुपर्ने र अलिकति पनि तलमाथि भए सामाजिक बहिस्कार हुने डरले पनि कर्मचारीहरु काममा मात्रै केन्द्रित हुन्छन्।’

 

 

अहिले सुनसरी, मोरङ र झापामा सरुवा माग्नेको संख्या धेरै छ। मालपोत कार्यालयमा काम गर्ने कर्मचारीहरु पूर्वको बढी भएको कारणले उहाँहरुले सरुवा माग्नु भएको हो, उनले भने। पहिलेको जस्तो अनियमितता गर्न पाइन्छ भन्ने मनसायले कुनै पनि कर्मचारीले सरुवा नमागेको उनले दाबी गरे। विभागले अन्य मन्त्रालयबाट समेत मालपोत कार्यालयमा काम गर्छु भनेर आउने कर्मचारीलाई पनि अविलम्ब पदस्थापन गर्ने नीति लिएको पौडेल बताउँछन्।

 

मालपोत कार्यालयमा अहिले करिब चार सयभन्दा बढी दरबन्दी रिक्त रहेको र कतिपय कर्मचारीहरु निलम्बनमा परेकाले ुकाम गर्छुु भनेर आउने कर्मचारीलाई अविलम्ब पदस्थापन गर्ने निर्णयमा आफू पुगेको उनले बताए। सरुवाको लागि अब फाइल यता उता लैजाने हैन। अनलाइनबाटै निवेदन लिने र पहिला आउनेलाई प्राथमिकतामा राखेर दोस्रो निवेदनलाई अर्को पटकको लागि प्राथमिकतामा राख्छौं। कोहि दुर्गम ठाउँमा जान चाहेमा निश्चित समयपछि रोजेको ठाउँमा पठाउने ग्यारेन्टी गरेर पठाउँछौ। तेस्रो व्यक्तिले भनसुन गरिरहनु पर्दैन उनले भने। यति गर्दा पनि कसैले भनसुन गर्छ भने कर्मचारीलाई कालोसूचीमा राखेर विभागिय कारवाही गर्ने पौडेलले बताए।

 

असार २५ गते सरुवाको लागि निवेदन दिन आग्रह गरेको विभागले ३ दिनमै १०० भन्दा बढी कर्मचारीको सरुवा गरिसकेको छ। अरु पनि धेरै सरुवाको निवेदन आएको र उनिहरुले जान खोजेको ठाउँमा दरबन्दी रिक्त रहेरनरहेको अथवा उक्त ठाउँको कर्मचारीले अन्यत्र जान खोजेरनखोजेको कुरा अध्ययन गरेर सबैलाई पालै पालो रोजेकै घरपायक सरुवा गरिने पौडेलको दाबी छ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु