काठमाडौ । डिसहोमले आइपीओ निश्कासनको प्रक्रिया औपचारिक रुपमै थालेको छ । डिस होमले सोमबार धितोपत्र बोर्डमा चुक्तापूँजीको १० प्रतिशत हाराहारीको सेयर सर्वसाधारणमा जारी गर्नका लागि आवेदन दिएको हो । डिस मिडिया नेटवर्कका प्रबन्धक निर्देशक सुदीप आचार्यले आइपीओ निश्कासनको प्रक्रिया सुरु गरिएको र बोर्डमा आवेदन दिइएको पुष्टि गरे ।

 

 

उनका अनुसार डिसहोमको आइपीओ १०० रुपैयाँ अंकित दरकै निश्कासन हुनेछ । २३ लाख कित्ता हाराहारीको आइपीओ निश्कासन गर्ने योजना रहेको उनले बताए । डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए । डिस होमको आइपीओमा निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ । एघार वर्षअघि स्थापना भई देशको लिडिङ पे टिभी उद्योगको रुपमा काम गरिरहेको डिसहोमले २०७४ सालदेखि आफूलाई पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको थियो । २०७५ साल पुस २७ गते सम्पन्न साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निश्कासनको प्रस्ताव पारित गरेको थियो ।

 

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु