काठमाडौ । अब साउन महिना सुरु हुँदैछ । साउन महिना देवताकापनि देवता महादेव (शिव) को महिना हो । यो महिना विभिन्न शिवलिंगमा पुगेर पुजा गर्ने चलन छ । देवताहरुमा महादेवलाई सबैभन्दा सर्वश्रेष्ठ देवता मानिन्छ । तर के तपाइँलाई थाहा छ शास्त्रले शिवलिंगको पुजा गर्न वा छुन अविवाहित नारीको लागि निषेध गरेको छ । यसको कारण आज हामी चर्चा गर्नेछौ ।

 

लिगंले महिलाको त्यस्तै अंगको प्रतिनिधित्व गर्छ । जुन देवी शक्तिको प्रतीक हो र महिलाको रचनात्मक ऊर्जा हो । शिव पुराणको अनुसार शिवलिगं ज्योतिको प्रतीक हो । हाम्रो समाजको परम्परा अनुसार शिवलिगंको पुजा पुरुषद्वारा नै सम्पन्न हुनुपर्छ । शास्त्रका अनुसार अविवाहिता स्त्रीले शिवलिंगको नजिक जाने अनुमति दिइँदैन । भगवान शिव तपस्यामा हुने भएकोले चारैतीरबाट अविवाहित स्त्रीले घुम्न नहुने विश्वास छ ।

 

 

भगवान शिवको पुजा गर्दा विधि विधानका धेरै ख्याल गर्नुपर्छ । देवता वा अप्सराले पनि भगवान शिवको पुजा गर्ने समयमा धेरै सावधानी पुर्वक पुजा गर्नुपर्छ । तपस्यामा रहेका देव का पनि देव महादेव तपस्या भंग नहोस् भनेर अविवाहित महिलाले शिव लिगंको पुजा गर्नु हुँदैन । अविवाहित महिलाले भगवान शिव र माता पार्वतीको एकै साथ पुजा गर्न सक्छन् ।

 

यदि १६ वटा सोमबार भगवान शिवको व्रत राखेमा कुमारी कन्याले राम्रो वर पाउनेछन् । विवाहित महिला व्रत बसेमा पतिको आयु लामो हुने विश्वास छ । तीनै लोकमा भगवान शिवलाई एक आदर्श पति मानिएको हुनाले उनको व्रत बसेमा उनी जस्तै आदर्श पति मिल्छ । वृषभ शिवको वाहन हो । उ सधै शिवको साथमा हुन्छ । वृषभको अर्थ धर्म हो । महादेवको चार खुट्टा धर्म, अर्थ, काम र मोक्ष हो ।
समस्त भुतहरुको अस्तित्व मेटाएर परआत्मा (शिव) ले आत्मा साधाना गर्ने दिन शिव रात्री हो ।

 

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु