काठमाडौ । वयश्क वेबसाइट बनाई वयश्क भिडियो बनाउँदै अपलोड गरेको अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । चितवनकी १७ वर्षीया किशोरीको वयश्क भिडियो वयश्क साइटमा राखेर साइबर अ पराध गरेको भन्ने सूचना एवं निवेदनको आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाटखटिएको प्रहरीले श्रेष्ठले अनधिकृत रुपमा ब्लु संसार डटकम नामको वयश्क वेबसाइटबनाई वयश्क भिडियो अपलोड गरेको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । निज उपर विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट जिल्ला अदालत काठमाडौंमार्फत म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

 

 

 

यसैगरी कास्किको पोखरा महानगरपालिका९१९ दशखेत सेती नदीस्थित अवैधरुपमा उत्खनन गरेकोअभियोगमाग।१क३८३२ नम्बरको जेसीबी सहित जेसीबीचालक दिपक भुषाललाई सोमबार बिहान प्रहरीलेपक्राउ गरेको छ । साथै सोहीस्थानमा रहेको ५ वटा ट्याक्टरलाईसमेत प्रहरीलेनियन्त्रणमा लिएको छ । उक्त स्थानमा अवैध रुपमा नदी उत्खनन भईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले चालक भुषाललाई पक्राउ गरेको हो । आवश्यक कारवाहीको लागि महानगरपालिकाको कार्यालय पठाइएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु