काठमाडौ । बाजुरा, बुढीनन्दा नगरपालिका–३ मेलढिस्कास्थित सडकमा माटोको ढिस्को खस्न गई सडकमा हिँडिरहेका ७२ वर्षीय शिव बोहरा उक्त ढिस्कोले च्यापिएर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ । पाल्पा, तिनाउ गाउँपालिका–३ पैठेडाडास्थित सिद्दार्थ राजमार्गमा सोमबार साँझदेखि सुख्खा पहिरो खसेरसडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

नवलपरासी (पूर्व), बिनयी त्रिवेणी गाउँपालिका–२ पूर्व– पश्चिम राजमार्गस्थितघिउखोलामा अविरल वर्षाको कारण सोमबार रातिदेखि आएको ढुङगा,माटो र गेगर सड्कमाथुप्रिन जाँदा सडक दुईतर्फी अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले एकतर्फी सडक सुचारु गराई दुईतर्फी सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । यसैगरी नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका–२ बिश्वकर्मा मन्दिरस्थित सडकमा बा.१४ च ७०२० नम्बरको कार र ना.६ ख १५५९ नम्बरको ट्रकलाई पहिरोसँगै ढलेको रुखले च्याप्दा दुईतर्फी सडक अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

 

चितवन, भरतपुर महानगरपालिका–२९ मुग्लिङ नरायणगढ सडकखण्डको सत्र किलोमा अविरल वर्षाको कारण करिब १.५ फिट सडक भासिएकोले ग्राभिललगाई बाटो एकतर्फी सडक सुचारु गरिएको छ । पर्वत,जलजला गाउँपालिका–३ र ४ को सिमानामा पर्ने बेनी पोखरा सडक–खण्डको आँ खोलामा बेनीबाट पोखरातर्फ जाँदै गरेको ग.२ च २६३४ नम्बरको जिप मंगलबार बिहान हिलो माटोमा फस्न गई जिपको आधा भाग पुरिँदा सडक पूर्णरुपमा अवरोध भएको छ । यगैगरी पर्वत कुश्मा नगरपालिका–८ चुवास्थित पोखरा-बाग्लुङ सडकखण्डमा पहिरो आई सडक पुर्णरुपमा अवरोध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी चौकी वारी वेनीबाट खटिएको प्रहरीलेसडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु