नेपालगन्ज । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौं तहका अधिकृत हुकुमबहादुर ओली ९६ हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओलीलाई घुससहित रंगे हात पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट आएको टोलीले कार्यालयमै घुसहित रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ। आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार ठेक्‍कापट्टाको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट ९६ हजार तीन सय नगद लिँदै गरेको अवस्थामा ओलीलाई रंगेहात पक्राउ गरिएको हो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु