काठमाडौ । भक्तपुर नगरपालिका–६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगँछेँको पुनः निर्माणको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज शिलान्यास गर्नुभएको छ । भक्तपुर नगरपालिकाको बजेटमा विश्वकर्मा आगँछेँ (तेलिकोटा झ्याल) पुनः निर्माण उपभोक्ता समितिले रु ९९ लाख ६८ हजार ५२६ को लागतमा निर्माण गर्न लागेको भवनको उहाँले शिलान्यास गर्नुभएको हो ।

 

कार्यक्रममा उहाँले ३१८ वर्ष पुरानो आगँछेँ पुनः निर्माण कार्यको ऐतिहासिक महत्वबारे प्रस्ट पार्नुहुँदै ऐतिहासिक महत्वका सम्पदा निर्माणमा विदेशीको मुख ताक्नुभन्दा नगरवासीकै पहल आवश्यक भएको बताउनुभयो । सो अवसरमा भक्तपुर–६ का वडाध्यक्ष हरिराम सुवाल, कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल, वडासदस्यद्वय गोविन्द दुवाल र सिद्धिराम अवाल लगायतले पुर्खाले छोडेको सम्पदाको संरक्षणमा नयाँ पुस्ताको चासो पनि उत्तिकै रहेको बताउनुभयो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु