काठमाडौ । राजश्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भाट) बीजक प्रयोग गरी राजश्व छली गरेको अभियोगमा युनिक वाइड इन्टरनेशनल प्रालि र न्यू युनिक इन्टरनेशनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार राजश्व छली गर्ने कामपा–१ का युनिक वाइड र न्यू युनिक इन्टरनेशनलका सञ्चालकले रु ७३ करोड ६० लाख २८ हजार ७०० बराबरको नक्कली भ्याट बिल बनाएको पाइएको छ । उनीहरुले वस्तु तथा सेवा नै खरिद नगरी झुटा तथा नक्कली भ्याट बिल खरिद गरेको र आयकरसमेतको राजश्व चुहावट गरेको पाइएको छ ।

 

 

 

विभागका अनुसार युनिक वाइड तथा न्यू युनिक इन्टरनेशनलले भ्याटतर्फ रु १२ करोड ४२ लाख २८ हजार ६१७ र आयकरतर्फ रु २२ करोड ८० लाख ५९ हजार ३०९ तथा लाभांश करतर्फ रु दुई करोड ५७ लाख ४० हजार ७७३ बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ । आरोपी दुवै फर्मलाई बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी गर्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको भए पनि आवश्यक प्रक्रिया बाँकी रहेकाले आज सार्वजनिक गरिएको हो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु