काठमाडौ । लोकसेवा आयोगले आर्थिक बर्ष २०७६/७७ को पदपूर्ति सम्वन्धी बाँकी रहेका कार्यक्रमहरु आगामी माघ फागुनसम्म सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकामा स्वास्थ्य सेवाका एघारौँ तह अन्तरर्वार्ता र सिफारिस गर्ने महिना साउन तोकिएको छ । नवौँ तहको खुल्ला र आन्तरिक प्रतिस्पर्धा तर्फ लिखित परीक्षा नतिजा साउन भदौ र अन्तरवार्ता तथा सिफारिस भदौ असोज महिना तोकिएको छ ।

 

आयोगले यसपटक स्वास्थ्य सेवाका आठौँ र सातौँ तहको लिखित परीक्षा हुन बाँकी विज्ञापनहरुको खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाको तालिका राखेको छैन । यी पदहरुका लागि सरकारले अनुरोध गरेमा पछि तय गरिने उल्लेख छ । यसैबीच आयोगले आर्थिक बर्ष २०७७ / ७८ को पदपूर्ति सम्वन्धी बार्षिक कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

 

आयोगले आर्थिक बर्ष २०७६/ ७७ को बाँकी रहेका कामहरु फागुनसम्म सकेर नयाँ आर्थिक बर्षको काम गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार एघारौँ तह र नवौँ तहको विज्ञापन सूचना असोजको अन्तिम बुधबार, लिखित परीक्षा पुस माघ, लिखित परीक्षा नतिजा फागुन चैत र अन्तरवार्ता र सिफारिस चैत बैशाख तोकेको छ ।

थप विवरण हेर्नुहोस्

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु