काठमाडौं । अब एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । भोलि बिहीबारदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको जनाइएको छ । नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि बैंकहरुले नै यो शुल्क निर्धारण गर्न सक्ने निर्णय गरेको हो । एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार साउन १ देखि एक बैंकको कार्ड र अर्को बैंकको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्कबारे बैंकहरुले नै निर्णय गर्नेछन् ।

यो भन्दा पहिले कोरोना भाइरस (कोभिड–१९) र लकडाउनको असरलाई मध्यनजर गर्दै बैंकहरु आफैंले यो सुविधा दिएका थिए । तर यसमा बैंकहरुको पनि लागत लाग्ने भएकाले सधैं यो सुविधा नरहने भएको हो । कोरोनाको असरका कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था जारी गरेका थिए ।

सीमित बैंकहरुले ल्याएका केही अफर बाहेक एक बैंकको कार्ड अर्को बैंकको एटिएममा घुसाएर रकम झिक्दा वा ब्यालेन्स जानकारी लिँदा शुल्क काटिन्छ । बैंकहरु आबद्ध नेटवर्कअनुसार शुल्क फरक फरक हुने गरेको छ । सामान्यतः बैंकहरुले २० देखि २५ रुपैयाँसम्म यस्तो शुल्क लिने गरेका छन् । फरक नेटवर्कमा आबद्ध बैंकको कार्ड र एटिएम प्रयोग भएमा साढे २ सय रुपैयाँसम्म शुल्क लाग्ने गरेको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु