३१ असार (रासस–एएनआई) ः विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिने यस्तो निगरानीको निकै खाँचो रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको हो ।

विश्व स्वास्थ्य संगठनले प्रत्येक देशले प्रतिदिन दश लाख नागरिकमध्ये कम्तीमा पनि १४० जना नागरिकको पिसिआर परीक्षण गर्नुपर्ने सुझाव दिएको हो । भारतका विभिन्न २२ संक्रमित स्थानहरुमा प्रति दिन प्रति १० लाखमध्ये १४० जनामा र कहिँ त त्यो भन्दा पनि बढी मानिसमा यसको परीक्षण गर्ने गरेको पाइएको समाचारहरुमा जनाइएको छ ।

तर पछिल्ला हप्ताहरुमा भारतमा प्रति दश लाख नागरिकमध्ये कतै कतै त ८ हजार जनाभन्दा पनि बढीमा यस्तो परीक्षण गर्ने गरिएको बताइएको छ । भारतमा पछिल्ला हप्ताहरुमा एक हजार २०० भन्दा पनि बढी प्रयोगशालाहरुबाट यहाँका शंकास्पद व्यक्तिको परीक्षण गर्ने गरिएको बताइएको छ ।

एक समाचारमा यहाँका सरकारी स्वास्थ्य संस्थामा ८६५ वटा ल्याब छन् भने नीजि स्वास्थ्य संस्थाहरुमा ३५८ वटा परीक्षण गर्ने ल्याब रहेका छन् । ती ल्याबहरुबाट दिनहूँ ठूलो संख्याका मानिसहरुको कोरोना परीक्षण गर्ने गरिएको छ । यहाँका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यतामात्र तीन लाखभन्दा बढीको कोरोेना भाइरस पोजेटिभ भए नभएको परीक्षण गरिएको बताइएको छ । यहाँका २ लाख ७० हजारभन्दा बढी कोरोना भाइरसका संक्रमितहरु त चिकित्सकको निगरानीमा अस्पताल तथा क्वारेन्टाइनमा नै बसिरहेको एक तथ्यांका देखिएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु