काठमाडौ । नागपञ्चमी साउन महिनाको शुक्ल पक्षको पञ्चमीमा मनाउने गरिन्छ । यस दिनमा नागको पुजा गर्ने पुरानो चलन छ । भगवान शिवको गलामा भएको नाग वासुकि हुन् । नाग पञ्चमीमा वासुकी नाग, तक्षक नाग र शेषनागको पुजा विधि अनुसार गरिन्छ । यसपटक नागपञ्चमी साउन १० गते शनिबार परेको छ । उत्तरा फाल्गुनी नक्षत्रपछि हस्त नक्षत्र रहनेछ । यस क्रममा मंगल वृश्चिक लग्नमा जाने हुदाँ खास संयोग हुनेछ । यसै दिन कल्कि भगवानको जयन्ती र विनायक चर्तुर्थीको व्रत प्रारम्भ हुनेछ ।

 

 

नाग पञ्चमी देवः नागपञ्चमी पुजा र व्रतका ८ देवलाई मानिएको छ । अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शंख नामका अष्ट नागहरुको पुजा गरिन्छ । नागपञ्चमीको व्रत गर्नेहरुले चतुर्थीको दिनमा एकपटक भोजन तथा पञ्चमीको दिन उपवास गरेर बेलुका व्रत खोल्नु पर्छ । नाग पुजाः पुजा गर्न नागको चित्र वा माटोको सर्पको मुर्ति बनाएर ढोकाको माथी बेसार, चामल र फुल चढाएर नाग देवताको पुजा गरीन्छ । त्यसपछि दुध, घीउ र चीनी मिसाएर नाग देवतालाई अर्पित गर्नुपर्छ । नागलाई आरती उतार्नु पर्छ । यदि घरको वरिपरि सर्प आएमा पनि नागको पुजा गर्ने प्रचलन छ । सर्पलाई दक्षिण फर्केर पुजा गरी बिदा गर्नु पर्छ । र अन्त्यमा नाग पञ्चमीको कथा सुन्नुपर्छ । धार्मिक ग्रन्थको सहयोगमा

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु