काठमाडौं । भारतमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । भारत गुजरात राज्यको राजकोट आसपास केन्द्र भएर भुकम्पको धक्का महसुस भएको थियो । जानकारी अनुसार नेपाली समयानुसार आज बिहान झण्डै ८ बजे भुकम्प गएको हो ।

[caption id="" align="aligncenter" width="1200"] File Photo[/caption]

भारतको राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार ४.५ रेक्टर स्केलको भुकम्पको धक्का महसुस गरिएको हो । भुकम्पका कारण मानिसहरु घरबाट बाहिर निस्केका थिए । आज नै भारतको हिमाचल प्रदेशको ऊना नजिक केन्द्र भएर भुकम्पको धक्का महसुस गरिएको थियो ।

https://twitter.com/ANI/status/1283593541533351936

आज नेपाली समयानुसार बिहान ५ बजे तिर २.३ रेक्टर स्केलेको भुकम्प गएको थियो । भारतमा पछिल्लो समय, नयाँ दिल्ली, गुजरात, जम्मु–कश्मीर लगायत विभिन्न राज्यहरुमा लगातार भुकम्प जाने गरेको छ ।

https://twitter.com/ANI/status/1283573545700749312?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1283573545700749312%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fwww.tv9bharatvarsh.com%2Findia%2Fearthquake-in-una-of-himachal-pradesh-magnitude-2-3-on-richter-scale-248268.html

समाचार एजेन्सी एएनआईका अनुसार आज नै भारतको आसाम राज्यमा पनि शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । आसामको करीमगञ्जमा आज बिहानै भुकम्पको धक्का महसुस गरिएको हो ।

https://twitter.com/ANI/status/1283596595791949826

समाचार अनुसार ४.१ रेक्टर स्केलको भुकम्पको धक्का महसुस गरिएको हो । आज बिहान नेपाली समयानुसार ८ः१० मिनेट नजिक भुकम्पको धक्का महसुस गरिएको थियो । यसरी आज बिहान भारतका तीन राज्यमा भुकम्पको धक्का महसुस गरिएको हो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु