काभ्रे । आज श्रावण १ गते । नयाँ आर्थिक वर्षको सुरुवात । विकासे अड्डामा आजबाट नयाँ नीति कार्यक्रम अनुसार तय गरिएको बजेटको कार्यान्वयमा लाग्ने नयाँ आर्थिक वर्षको सुरुवात । श्रावण १ गते बाट नयाँ आर्थिक वर्ष सुरु हुने भएपनि कतिपय विकासे अड्डामा एकैपटक असारमा मात्रै नयाँ आर्थिक वर्षको बजेट एक्कै पटक सकिन्छ । यसै सन्र्दभमा हामीले पनौती नगरपालिका प्रमुख भीम न्यौपाने संग छोटो कुराकानी गरेका छौँ ।

 

काभ्रेको पनौती नगरपालिका विकासको गतिमा फड्को मारेको नगरपालिका हो । गत २०७४ मा सम्पन्न भएको निर्वाचनले नयाँ नेतृत्व चयन गरे संगै पनौतीको विकासले छुट्टै गति लिएको छ । लामो समय जनप्रतिनिधी अनुभव गरेका तत्कालिन एमाले नेता भीम न्यौपानेले घोषणा गरेको चुनावी घोषणा पत्र अनुसारको आफुले काम गरिरहेको दावी गरे । उनले थपे, ‘मैले चुनावी घोषणापत्र अनुसार यो ३ वर्षको अवधीमा ९५ प्रतिशत काम गरि सकेको छु । अब बाँकी घोषणपत्रको गाइडमा हिड्छु ।’

 

 

उनले अगाडी भने, ‘हामीले घोषणापत्र बाहेकका धेरै कामहरु सम्पन्न गरेका छौँ । पनौतीमा मुख्य गरि कृषि र पर्यटनमा सम्भावना अथक छ । राजधानी नजिकै भएर पनि हामी अलि ओझेलमा पर्यौ थियौँ, हामीले अब एउटा पथ निमार्ण गरि सक्यौँ ।’ साउने संक्रान्तिको सबैलाइ शुभकामना दिदै म नयाँ आर्थिक वर्ष २०७७/७८ को योजना सम्पन्न गर्न आजैका मितिबाट लाग्ने बताए । कोभिड–१९ संग लड्दै विकासमा पनि लागेको उनले स्पष्ट पारेका छन् ।

 

धार्मिक पर्यटन, कृषि पर्यटनमा राजधानी नजिकैको पनौतीमा आगामी वर्ष लाग्ने मकरमेलाको विशेष तयारी यो आर्थिक वर्षबाट नै थालिएको छ । प्रमुख न्यौपानेका अनुसार नगरपालिकाको एक नंम्बर वडा रयाले देखि १२ नम्बर भुमिडाडा सम्म एग्रो टुरुजम,धार्मिक टुरुजमको विकास यो वर्ष नै हुने छ, भने कृषि उत्पादन र पशुपालनको लागि राजधानी नजिकैको उत्कृष्ट स्थानका रुपमा पनौतीको विकास यो आर्थिक वर्षमा हुने ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु